काठमाडौँ, १५ वैशाख । एनआईसी एशिया बैंकले मुलुकभर २ सय ८१ वटा शाखा विस्तार गरिसकेको छ ।
बैंकले शुक्रबार मात्रै एकै दिन काठमाडौं उपत्यकामा ३, नुवाकोटमा २, काभ्रेमा १, पोखरामा १, र पर्सामा एक गरि ८ वटा विस्तारित शाखाको उद्घाटन गरेको हो ।
हाल बैंकले २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक सबैभन्दा बढी शाखा संचालन गर्नेमा पहिलो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्