समाचार

नदीमा डुबेर दुई बालकको मृत्यु



सर्लाही, १५ वैशाख । पौडी खेल्न क्रममा नदीमा डुबेर सर्लाहीमा शनिबार दुई बालकको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–९ कुरैनियाका विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । त्यस्तै बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त परियाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।