एजेन्सी, १५ बैशाख । बलिउड अभिनेत्री करिना कपूर स्टारर फिल्म ‘अंग्रेजी मिडियम’को सुटिङ स्थगित भएको छ ।
डेक्कान क्रोनिकलको एक खबर अनुसार फिल्म गुडन्युज र म्यागाजिनमा फोटोसुटमा ब्यस्त भएकी कारण आफ्नो छोरा तैमुरलाई समय दिन पाएकी थिइनन् । यसै कारण करिनाले फिल्मको सुटिङ पोष्टपोण्ड गरेकी हुन् । अब अभिनेत्री करिनाले जुनबाट यस फिल्मको सुटिङ सुरु गर्नेछन् ।
करिनाले आफ्नो छोरा तैमुरसँग पूरा समय बिताउँदै आएकी छन् । करिनाको पहिलो प्राथमिकता नै तैमुर हुन् । फिल्मको बारेमा भन्नुपर्दा पहिलो पटक करिना र इर्फान फिल्म ‘अंग्रेजी मिडियम’मा सँगै देखिदै छन् ।
होमी अदजानियाले निर्देशन रहेको फिल्ममा करिना प्रहरी अफिसरको भूमिकामा देखिदैछन् ।
प्रतिक्रिया दिनुहोस्