एजेन्सी, १५ बैशाख । भारतको कमेडीयन ‘कपिल शर्मा शो’ टीभी रेटिङमा पहिलो स्थानमा पर्न सफल भएको छ ।
उक्त शोले सुरुदेखिनै टिआरपी रेटिङमा उच्च रहेको उनको कार्यक्रमले हाल नयाँ उचाई हासिल गरेको छ । ‘ब्रोडकास्ट रिसर्च अडिसन काउन्सिल’को सन् २०१९ को साह्रौं हप्ताको रेटिङमा ‘द कपिल शर्मा शो’ पहिलो स्थानमा रह्यो ।
अघिल्लो हप्तामात्रै उक्त कार्यक्रम सो रेटिङको चौथो स्थानमा थियो । एक हप्तामै कार्यक्रमले तीन स्थानको प्रगति गर्यो । रेटिङमा पहिलो स्थानमा पुगेको उक्त एपिसोडमा आलिया भट्ट, सोनाक्षी सिन्हा, वरुण धवन र आदित्य रोय कपूर तिनको फिल्म कलंकको प्रमोशन गर्न पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्