भोजपुर, १५ वैशाख । भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शनिबार साँझ अरुण गाउँपालिका–६, जरायोटारका ४७ वर्षीय अम्वरबहादुर राईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घाँस काट्न गएका राईको हिले भोजपुुरअन्तरर्गतको ३३ केभीए प्रसारण लाइनको करेन्ट सर्ट भएर लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पान्डवकुमार राजवंशीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्