धनकुटा, १५ बैशाख । धनकुटाको शहीदभूमि गाउँपालिका–४, पिप्लेमा छोराले कोदालाले हिर्काएर बुवाको हत्या गरेका छन् ।
शनिबार राति विवाद हुँदा १४ वर्षीय विज्ञान राईले कोदालाको पासोले ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको टाउकोमा प्रहार गर्दा उनको घटनास्थल मै मुत्यु भएको प्रहरीले जनाएको छ ।
इन्द्रबहादुरको शव पोष्टमार्टमका जिल्ला अस्पताल धनकुटा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घटनाबारे छिमेकीले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी आँखीसल्लाका प्रहरी टोलीले विज्ञानलाई घरैबाट पक्राउ गरेको हो ।
उक्त घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्