राजनीति

१ नंं. प्रदेशको राजधानी तोक्ने तयारी



विराटनगर, १५ वैशाख । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले यो अधिवेशनबाट प्रदेशको राजधानी मात्रै तोकेर जाने संकेत गर्नुभएको छ ।

मुख्यमन्त्री राईले सोमबारसम्ममा प्रदेशको राजधानीका विषयमा सभामुखले सूचना जारी गर्ने र यही अधिवेशनले राजधानी तोक्ने बताउनुभयो । उहाँले २२ गते सम्ममा राजधानी तोकिसकिने समेत जानकारी दिनुभयो ।

उहाँले संसदीय दलको बैठकमा छलफल गरेर र अन्य दलसँग पनि छलफल गरेर प्रदेशको राजधानी सहमतिमै तोक्न लागिएको बताउनुभयो ।
उहाँका अनुसार प्रदेशसभा र कार्यपालिका एकै स्थानमा हुनेछन् । ‘प्रदेशसभा र कार्यपालिका टाढाटाढा हुँदा व्यवहारिक रुपमा कठिनाइ हुँदो रहेछ ।’ उहाँले भन्नुभयो ‘यो व्यबहारिक समस्या समाधानका लागि दुवै आसपासमा राखिन्छ ।’