काठमाडौँ, १५ वैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले विदेशिने युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले अब सरकारले नीति नियम बनाउन लागेको बताएका छन ।
आइतबार राजधानीमा १९ औं व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा भएको प्रभातफेरी पछि प्रज्ञा प्रतिष्ठानमा आयोजित कोणसभालाई सम्बोधन गर्दे मन्त्री बिष्टले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
विदेशिने युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले सरकारले आवश्यक नीति नियम बनाउन लागेको भन्दै उनले सबैलाई सामाजिक सुरक्षा ऐनको दायरामा ल्याएर उचित पारिश्रमिक, स्वास्थ्य सेवा, पेन्सन लगायतको सुनिश्चित गर्दै कार्यस्थललाई मर्यादित, स्वास्थ्यकर र सुरक्षित पार्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताएका छन ।










प्रतिक्रिया दिनुहोस्