काठमाडौँ, १६ वैशाख । वैदेशिक रोजगार विभागले १ सय ९७ वटा म्यानपावर खारेज गरेको छ ।
नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो । वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा म्यानपावर खारेज गर्ने गरेको छ ।
विभागमा दर्ता भएका १४ सय ३७ मध्ये अहिले ११ सय ८५ वटा म्यानपावर मात्रै सञ्चालनमा छन् । एक वर्षमा एक सय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर पनि खारेज हुने प्रावधान छ ।आर्थिक वर्ष २०७४÷७५ मा ५ सय १२ वटा म्यानपावरले एक सय जना कामदार पठाउन सकेनन् ।
खारेज भएका म्यानपावरहरुको सूची हेर्न यहाँ क्लिक गर्नुहोला










प्रतिक्रिया दिनुहोस्