रिस मानवीय संवेदनासँग जोडिएकोले रिस सबैलाई उठ्छ । रिस नियन्त्रण गर्न सकिएन भने ठूलै दुर्घटना हुन सक्छ । त्यसैले नियन्त्रण गर्न उपायहरु थाहा पाउन जरूरी छ ।
रिस नियन्त्रण गर्ने १० उपायहरू
स्रिस उठेमा एक देखि सयसम्म गन्नुस् । ती गन्ती गन्दा बिस्तारै रिस पनि मर्दै जान्छ ।
१. रिस उठ्दा बिस्तारै नाकबाट लामो गहिरो श्वास लिने र छोड्ने गर्दा रिस शान्त हुन्छ ।
२. रिस उठेरहेको छ भने घाँटी तथा जिउ तन्काउने साथै योगको आसन गर्ने जसले शरीर र भावनाहरूलाई नियन्त्रण गर्छ ।
३. रिस उठेमा चुपचाप शान्त कोठाभित्र बसेर आँखा बन्द गर्ने साथै आफूलाई एकदमै रिल्याक्स हुने दृश्य सम्झने जस्तैः कुनै रमाइलो हरियाली दृश्य जहाँ पोखरी छ, पोखरीको पानी कुन रंगको छ ? चराचुरुंगीको आवाज कस्तो आइराखेको छ ?
४. आफूलाई समय दिने साथै अरुभन्दा अलग बस्ने । यतिबेला सम्म रिस शान्त भएर तपाई सामान्य अवस्थामा फर्किन सकिन्छ ।
५. जुन कुराले रिस उठेको छ त्यही कुरामा नझुन्डिने र आफ्नो विश्वासिलो र सहयोगी मित्रलाई आफ्नो कुरा सेयर गर्ने जसले गर्दा असन्तुष्टिलाई नयाँ मोड दिन सक्छ ।
६. आफ्नो रिसलाई शान्त पार्न हसाउने र रमाइलो कुराको खोजीमा लाग्ने बालबच्चासँग खेल्ने, मेमे, स्ट्याण्डअप कमेडी हेर्ने आदि ।
७. रिसलाई सिर्जनात्मक कुरामा लाने जस्तै मुड अफ भएको बेला जस्तै पेन्टिङ, गार्डेनमा समय बिताउने, गीत, कविता भन्ने ।
८. जसले रिस उठाएको छ उसलाई चिठी या इमेल लेख्न अनि डिलिट गर्ने । आफ्नो मन लागेको कुरा ओकल्दा त्यो कसैले सुनोस् वा नपढोस् मन आनन्दित बनाउँछ ।
९. रिस उठेको बेला आफूलाई मनपर्ने गीत सुन्ने इयरफोन लगाएर या कोठामा घन्काएर सुन्ने जसले गर्दा रिस छिनभरमै हराउन मद्दत गर्छ ।
१०. रिस उठेमा आफ्ना अंगहरूलाई सक्रिय बनाउने जसले शरीर र दिमागलाई राम्रो गर्छ । जस्तै व्यायाम गर्ने, हिँड्ने ।
प्रतिक्रिया दिनुहोस्