काठमाडौँ, १६ वैशाख । सोमबार देशको पूर्व र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मनसुन पूर्वको समय भएकाले दिउँसो घाम लाग्ने तर बेलुका मेघगर्जनसहित पानी पर्ने सम्भावना भएको मौसम विभागले बताएको छ । पूर्वमा भने दिउँसो पनि आशिंक बद्ली हुन सक्ने बताइएको छ ।
काठमाडौँ उपत्यकामा केही दिन यता लगातारजस्तै तापक्रम बढ्दै गएको छ । सोमबार काठमाडौको अधिकतम तापक्रम ३१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । काठमाडौँको तापक्रम आइतबार यो वर्षको सबैभन्दा धेरै अर्थात ३० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्