समाचार

कपिलबस्तु एक महिलाको हत्या : श्रीमानसहित ३ जना पक्राउ



कपिलबस्तु, १६ वैशाख । जिल्लाको वाणगंगा नगरपालिका–८, बालापुरमा स्थानीय २१ वर्षीया सुनीता थारूको हत्या भएको छ ।

आज बिहान सुनीताको शव हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सुनीताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनाउपर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।