बेइजिङ, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइकोसँग भेटवार्ता भएको छ ।
सोमबार बिहान राष्ट्रपति भण्डारी सहित नेपालको टोली र डेमोक्रियाटिक पार्टीका उपप्रमुखको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गरेको छ । भेटका अवसरमा राष्ट्रपति भण्डारीले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भन्दै प्रशंसा गर्दै जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताउनुभयो ।
उपप्रमुख तोशिहिरो निकाइले दुई मुलुकको सम्बन्ध सकारात्मक भएको र नेपालमा महिला सशक्तीकरणका प्रयासका उदाहरण महिला स्वयं राष्ट्रपति भएकोबाट प्राप्त हुने र यसबाट जापानले पनि सिक्नसक्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्