विश्व

श्रीलंकामा अनुहार ढाक्ने कपडा लगाउन प्रतिबन्ध



एजेन्सी, १६ बैशाख । सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको सरकारले अनुहार ढाक्ने सबै कपडामाथि प्रतिबन्ध लगाएको छ ।

गएको २१ अप्रिलमा आतंकवादी समूहले गराएको  ‘इस्टर’ को दिन भएको सिलसिलाबद्ध आत्मघाती हमलामा दुई सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै आजबाट यस्तो आपतकालीन कमद उठाएको जनाएको छ ।

पहिचानका लागि कुनै पनि व्यक्तिले आफ्नो पूरै अनुहार देखाउनै पर्ने कुरा आदेशमा भनिएको छ । ‘इस्टर’ को दिन भएको आत्मघाती हमलापछि श्रीलंका सरकारले यस्ता कयौं किसिमका कदम उठाएको छ ।