मनोरञ्जन

‘छ माया छपक्कै’को औपचारिक निर्माणको घोषणा



काठमाडौँ, १७ वैशाख । दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘छ माया छपक्कै’ को औपचारिक निर्माण घोषणा गरिएको छ ।

राजधानीमा एक कार्यक्रमको बिच उक्त फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । कार्यक्रममा कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारीले फिल्मको मुर्हुत सट दिएका थिए ।

आगामी बडा दशैलाई रिलिज हुने फिल्ममा स्वयम निर्देशक लामाको कथा रहेको छ ।फिल्मलाई आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्मस र आइएमइले मिलेर निर्माण गर्ने भएका हुन् ।

फिल्ममा दीपकराज गिरीको पटकथा साथै संवाद भने अभिमन्यू निरवी, दीपक, जितु नेपाल र केदार घिमिरेले संयुक्त रुपमा मिलेर लेखेका हुन् ।