समाचार

उपत्यकासहित देशभर गर्मी बढ्यो



काठमाडौँ, १७ वैशाख । काठमाडौं उपत्यकासहित देशभर मौसम सफा भएकाले तापक्रम बढेर गर्मी भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा रहेको छ भने प्रि–मनसुन जारी रहे पनि अहिले मौसम बदली गर्ने ‘सिस्टम’ सक्रिय नरहेकाले देशभर तापक्रम बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्को भनाइ छ ।

मंगलबार काठमाडौंको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । अहिले देशभर मौसम सफा रहे पनि साँझपख पहाडी भेगमा मौसम बदली भइ वर्षा हुने सम्भावना रहेको जनाएको छ ।