Banner News

संविधान माग र आवश्यकता अनुसार परिमार्जन हुन्छ : अध्यक्ष दाहाल



काठमाडौँ, १७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान जनताको माग तथा आवश्यकता अनुसार परिमार्जन हुने बताएका छन ।

मंगलबार प्रदेश नम्बर २ मा क्रियाशील मधेश तराई फोरमका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष दाहालले संविधान गतिशील दस्तावेज भएकाले जनतालाई बढीभन्दा बढी अधिकार दिनका लागि आफू संविधान संशोधन गराउन प्रयत्नरत रहेको बताए ।

उनले भने, ‘संविधान जनताको माग तथा आवश्यकताअनुसार परिमार्जन, विकास र संशोधन हुन्छ । त्यसमा नेकपा स्पष्ट छ ।’

जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरुको रहेको भन्दै तराई मधेश क्षेत्रमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताउदै उनले भने, ‘हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसँग जोड्ने द्रुतमार्गको  काम पनि अघि बढेको छ ।’ ‘तराई मधेशमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्यहाँको जनताको हितमा हुन्छ तराई मधेशमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्यहाँको जनताको हितमा हुन्छ ।’

मधेश तराई पार्टीका अध्यक्ष अमर यादवले नेकपामा प्रवेश गर्दै संयुक्त जनआन्दोलन, सशस्त्र द्धन्द, मधेश आन्दोलन एवं आदिवासी, जनजातिलगायत अधिकार प्राप्तिका लागि सङ्घर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात् गर्ने बताए ।