Banner News

निर्माण व्यवसायी तथा ठेकदारहरुले देश बर्बाद पार्यो : प्रधानमन्त्री ओली



काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली निर्माण व्यवसायी अर्थात ठेकेदारहरुले देश बर्बाद पारेको आरोप लगाएका छन ।

मंगलबार काठमाडौंमा बसेको नेकपा संसदीय दलको बैठकमा लामो मन्तव्य व्यक्त गर्दै उनले प्रधानमन्त्री ओलिले धेरैवटा ठेक्काहरु लिएर काम नगर्नेमाथि सरकार कडारुपमा प्रस्तुत हुने बताएका छन ।

उनले भने, ‘खर्बौंको ठेक्का लिने, त्यसो गर्दा १० अर्बको ठेक्का लियो भने २० प्रतिशतका दरले उसले २ अर्ब त मोबिलाइजेसनको पैसा पाउने भयो । २ अर्ब पैसा पायो भने काम नगर्‍यो, अनि अरु धन्दा गर्‍यो । अनि देशलाई बर्बाद । त्यसपछि त्यो सबै महंगो हुन्छ । काम राम्रो हुँदैन । यसप्रकारको परिपाटी छ । त्यस्ता परिपाटीहरुलाई हामी नियन्त्रण गर्ने, काम अगाडि बढाउने काम गर्दैछौं ।’

प्रधानमन्त्री ओलिले उदाहरण दिदै भने, ‘काठमाडौंको वरिपरि साँघु जाने बाटो होस् कि चाँगुनारायण जाने बाटो होस् कि अर्कोतिर जाने बाटो होस्, या नागढुंगा कलंकी बाटो होस्, विभिन्न बाटाहरु एउटै मान्छेले ठेक्का दिएको छ, काम गर्दैन । शायद उसको क्षमता पनि छैन, एकैचोटि त्यत्रो काम गर्ने ।’ अहिले पनि कतिपय ढिलाढाला गर्दिने । कामको जिम्मा लिने, काम नगर्ने । ठेकदारले नसक्ने गरी अनेक ठेक्का लिने । अनेक ठेक्का लिने र त्यो अपूरो राख्ने ।

उनले एउटा क्षेत्रमा मात्रै नभइ सबै क्षेत्रमा भ्रष्टाचारको खोजविन र अनियमितताको समेत छानविन गर्ने बताएका छन ।