राजनीति

राष्ट्रपति भण्डारी स्वदेश फर्किन्



काठमाडौँ, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर आज स्वदेश फर्किएकी छन् ।

९ दिने चीनको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि निर्धारित समयभन्दा एक दिन अगाडि नै स्वदेश फर्किएकी हुन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन । समुद्री सतहबाट ११ हजार ९७५ (३६५९) मिटरमा अवस्थित ल्हासामा तल्लो सतहबाट सीधै जाँदा हाई अल्टिच्युड हुने गर्छ ।

उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गरेका हुन् । राष्ट्रपति भण्डारीसँग भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमण उपलब्धीमुलक भएको जानकारी दिएका छन् ।

बैशाख ११ गते चीन गएकी राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा चिनिया समकक्षी सी, चीनका प्रधानमन्त्रीलगायत उच्च नेताहरुसँग भेटवार्ता गरेकी थिइन् ।