भक्तपुर, १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नैसर्गिक अधिकारबाट कोही पनि बञ्चित हुनु नहुने बताउनु भएको छ ।
बुधबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीमा अटिजम पूनस्थापना तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले आगामी दिनमा कुनै पनि बहानामा विकास र समृद्धि पछि पर्नु नहुने भन्दै जनताको गास, वास, कपास, स्थास्थ्य लगायतका नैसर्गिक अधिकारबाट कोही पनि बञ्चित हुनु नहुने बताउनुभयो ।
जनताको चाहना समृद्धिको कामना अनुसार नै वर्तमान नेकपा नेतृत्वको स्थायी सरकारले इतिहासकै सबैभन्दा उत्कृष्ट कार्यक्रमहरु ल्याइरहेको बताउँदै विकास र समृद्धिका चारै ढोकाहरु खुल्दै गएको बताउनुभयो । उहाँले जनताको तिव्र विकास, रोजगारी, आर्थिक वृद्धि, सामाजिक रुपान्तरण, नविनतम सोच तथा विचार लगायतका असंख्य चाहना अनुसार नै सरकारले आफ्नो नीति तथा कार्यक्रमहरु अघि बढाइरहेको बताउनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सरकारले ठूल ठूला राष्ट्रिय गौरवका आयोजना, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगारी कार्यक्रम, जनताको लगानीमा जलविद्युत लगायतका ऐतिहासिक कामहरुलाई एक पछि अर्को गर्दै अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले वर्तमान समय भनेको हरेक दिन एक कदम अघि वा हरेक दिए एक विकास निर्माणका काम गर्ने नीतिका साथ सरकार अघि बढिरहेको बताउनुभयो ।
सरकारले ठूला ठूला महत्वकाक्षी योजनाहरु तिव्र गतिका साथ काम अघि बढाइरहेको बताउँदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने कुनै पनि प्रकारका कार्यक्रममा सहभागीता जनाई उक्त कार्यलाई होस्टेमा हैसे गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भौतिक तथा प्रविधिको विकाससँगै जनतासँग प्रत्यक्ष सरोकार राख्ने रोजगारीका लागि मानिसलाई उत्पादनसँग जोड्दै उत्पादनलाई उद्योग र उद्योगलाई प्रविधिसँग जोड्दै अघि बढे सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन कुनै समस्या नभएको बताउनुभयो ।
सरकारले स्वास्थ्य वीमाको कार्यक्रम ल्याएको जसमा अटिजम भएका बालबालिकालाई उक्त कार्यक्रममा समावेश गर्नुपर्ने बताउँदै वीमा गरे वापत वार्षिक एक लाखसम्मको निशुल्क उपचार हुने समेत उहाँले जानकारी गराउनुभयो । उहाँले लामो राजनीतिक आन्दोलनमा अनेकैं वर्ग तथा पेशा गर्नेको हक अधिकारको लागि संघर्ष गर्दै गास, वास, कपास, स्वास्थ्य, रोजगारी लगायतका जनताको नैसर्गिक अधिकारहरु संविधानत स्थापीत भइसकेको जानकारी गराउनुभयो ।
सांसद बस्नेतले सवै वर्ग, पेशा तथा समुदायको अधिकारलाई सुनिश्चित हुने प्रकारको संविधान निर्माण भएको भएको जानकारी गराउँदै राज्यले उपलब्ध गराएका अधिकारहरुलाई भरपुर मात्रामा सदुपयोग गर्दै कुनै पनि कुरामा बञ्चित बनाउनु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा राज्यको विभिन्न निकायमा काम गरे वापत मात्र राज्यले उपदान तथा पेन्सन दिने प्रवृत्ति थियो तर अहिले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले नीजि क्षेत्रमा काम गर्ने मानिसको समेत भविष्य सुनिश्चित गरेको छ ।’
क्रियाशिलता र समर्पणले नै निश्चित लक्ष्यमा पुग्न सफल भइने बताउँदै सांसद बस्नेतले फरक क्षमता भएका बालबालिकालाई समाजमा स्थापित गराउनु अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले अटिजमको बारेमा समाजमा ज्ञान र चेतनाको अभाव रहेको भन्दै उहाँले अटिजमको बारेमा गाउँ गाउँ वस्ती वस्तीसम्म जनचेतनाको अभियान नै सञ्चालन गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
पहिले अटिजम भएका व्यक्तिलाई घृणाको मानिसको रुपमा हेरिन्थ्यो, अहिले सहानुभुतिको नजरमा हरिने गरेको बताउँदै उहाँले आगामी दिनमा सहयोगी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले अटिजम भएका बालबालिकाको पिडालाई अन्त्य गराउने मूख्य दायित्व तथा जिम्मेवारी आफ्नो घर परिवारको नै भएको आफ्नो परिवारका सदस्यले अटिजम भएका बालबालिकाको खानपान, स्वास्थ्य, शिक्षा लगायतका कार्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
जनता र सरकारको पुलको रुपमा भूमिका निर्वाह गर्ने बताउँदै सांसद बस्नेतले अटिजम तथा भक्तपुरको विकास र समृद्धिको लागि आफ्नो तर्फबाट गर्नुपर्ने कुनै पनि सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्