म्याग्दी, १८ बैशाख । आज मजदुर दिवसकै दिन म्याग्दीमा एक मजदुरको ढुङ्गाले थिचेर मृत्यु भएको छ ।
वेनी—दरवाङ सडकखण्ड अन्र्तगत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको बेला माथिबाट ढुङ्गासहित माटोको ढिस्काले थिचेर बर्दिया मधुवन नगरपालिका ठाकुरद्वारका ३५ वर्षीय कालुराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बेनीबाट खटिएको प्रहरी टोली र स्थानियले स्काभेटरको प्रयोग गरी शव निकालीएको बताइएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्