सहकारी तथा वित्तीय संस्थाको मूल्यमान्यताविपरीत कर्जा प्रवाह गर्दा सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेड वित्तीय जोखिममा परेको छ । सञ्चालकहरुको स्वार्थका कारण बचतकर्ताको झन्डै आठ अर्ब रुपैयाँ जोखिममा परेको हो ।
‘सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेडले ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ,’ सहकारी विभागले कान्तिपुरलाई उपलब्ध गराएको वित्तीय विवरणमा भनिएको छ, ‘सिभिल समूहका तीनवटा कम्पनीलाई मात्रै कुल ७ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ दिइएको छ ।’ यो कुल कर्जाको ८८ दशमलव ९३ प्रतिशत हुन आउँछ । आजको कान्तिपुर दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्