काठमाडौँ, १९ वैशाख । नेपालमा मिर्गौला तथा मानव बेचविखन न्यूनीकरण गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।
काठमाडौँमा महिला, कानुन र विकास मञ्चको आयोजना तथा युएसएआइडीको सहयोगमा भएको आयोजित कार्यक्रममा नेपालमा मिर्गौला तस्करी तथा मानवबेचविखनको अवस्था भयाबह रहेको र मानब बेचविखनको बदलिँदो स्वरुपसम्बन्धी सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा महिला कानून विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले मानव बेचविखनमा संलग्न मुख्य नाइकेहरुलाई समाउन नसक्दा यो समस्या पटक पटक दोहोरिने गरेको बताए ।
उनले पछिल्लो समय विदेशी राष्ट्रहरुमा मानव बेचविखनको समस्या बढ्दो रहेको बताए । सुरुमा एउटा कामका लागी भनेर विदेश प¥ुयाउने र पछि अन्यन्त्र लगेर बेचविखन गर्ने गरेको घटना बढि रहेकाले बैदेशिक रोजगारीमा जाँदा सर्तक हुनुपर्ने उनको भनाइ थियो ।
जनअधिकार संरक्षण विकास मञ्चका शतिसकुमार शर्माले दश बर्षको अन्तरातलमा मिर्गौला तथा मानव बेचविखनको संख्या डरलाग्दो गरी बढेको बताए । उनले नेपालमा विद्यमान मानव बेचविखन तथा ओसारपसार सम्बन्धी ऐन २०६४ र अंग प्रत्यारोपण ऐन २०५५ एक आपसमा बाझिँदा यो समस्या समाधानमा थप जटिलाता देखिने गरेको बताए ।
बढी मात्रामा पैसाको प्रलोभन देखाएर तथा डर,धाक,धम्की देखाएर मानव अंगको बेचविखन कार्य हुने गरेको शर्माको भनाइ थियो । उनले यस्ता घटना न्यूनीकरणका लागि सवैले आ–आफ्नो क्षेत्रमा सहयोग तथा समन्वय गर्नुपर्ने धारणा राखे ।
यस्तै वैदेशिक रोजगार विभागको भूमिका पनि यस्ता मुद्धामा सक्रिय हुन नसकेको बताए । थाहा दिए पनि बास्तविकता जानकारी नदिइ गरीने कार्य पनि बेचविखन नै हुने उनले बताए ।
सीएलआरआरडीका मञ्जु मरासीनीले नेपाल भित्रै हुने मानव बेचविखन तथा यौन दुराचारको विषयमा खासै चर्चा हुन नसकेको बताइन् । उनले नेपालमा बालबालिकाहरुलाई मनोरञ्जनका क्षेत्रमा प्रयोग गर्न नपाइने भएपनि विभिन्न प्रलोभन देखाएर बालबालिकाहरुलाई यस्तो कार्यमा लाग्न बाध्य पारिने गरेको बताइन् ।
उनले बालयौन दुरव्यावहारको ३२ वटा घटनामा आफ्नो संस्थाले समन्वय गरेर १६ वटा घटनाको निरुपण गराएर पीडितहरुलाई न्याय दिएको जानकारी दिइन् । साथै पीडितहरुलाई क्षतीपूर्ती दिने तथा मुद्धाको फैसाला गराउने कार्यपनि निकै ढिला र सुस्त रहेको मरासीनीको भनाई थियो ।
कार्यक्रममा बोल्ने अन्य सहभागीहरुले पत्रकारीताको माध्यबाट यस्ता घटनालाई न्युनिकरण गर्न सकिने भएकाले सञ्चारमाध्यमहरुको सक्रियता बढाउनुपर्नेमा जोड दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्