समाचार

कार दुर्घटनामा एकको मृत्यु



दाङ, २० बैशाख । दाङमा कार दुर्घटना हुदा एक जनाको मृत्यु भएकाे छ ।

दाङबाट चन्द्रौटातर्फ जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार कपिलवस्तुकाे शिवराज नगरपालिका-१ मामा खोलामा खसेर घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय तीर्थ आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

कारमा सवार लमही-८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको र उपचारको लागि बुटवल लगिएको छ ।

कार अनियन्त्रित हुँदा  सडकदेखि झण्डै तीन सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।