राजनीति

निर्वाचन प्रणाली सुधारका लागि संचार क्षेत्रसँग गम्भीर बहस : प्रमुख आयुक्त थपलिया



काठमाडौँ, २० बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली सुधारका लागि संचार क्षेत्रसँग गम्भीर बहस आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावलाई सर्वस्वीकार्य बनाउन सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । उहाँले निर्वाचन प्रणाली सुधारका लागि संचार क्षेत्रसँग गम्भीर बहस गर्ने योजना समेत बताउनुभयो ।

निर्वाचन प्रणालीको सुधारका लागि सूचना प्रविधियुक्त निर्वाचन प्रणाली व्यवस्थापनको कामलाई आयोगले उच्च प्राथमिकताका साथ अघि बढाएको समेत जानकारी गराउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीमा सुधार गरेर सुशासनको आधार तयार पार्न आयोग लागि पर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।