काठमाडौँ, २१ बैशाख । काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा अहिले घाम लागेको छ भने पूर्व र पश्चिमको मौसम भने सामान्यता बदली भई केही ठाउँमा पानी परिरहेको छ ।
हिजो बदली गराएको चक्रवात फणी र पश्चिमी न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले उपत्यकामा घाम लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वमा असर पारेको चक्रवात फणी कमजोर हुँदै गएकाले आज बेलुकीपछि पूर्वको मौसम पनि खुल्दै जानेछ ।
फणीकै प्रभावले दिउँसो पूर्वमा मेघगर्जन र हुरीबताससहित केही ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै पश्चिमी वायुको प्रभावले पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । हिजोअस्तिको बादल बाँकी रहेकाले बेलुका तिर काठमाडौँ उपत्यकाको केही ठाउँमा पानी पर्न सक्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्