विश्व

शक्तिशाली फानीका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो, १६० घाइते



एजेन्सी, २१ बैशाख । भारतमा आएको शक्तिशाली आँधी ‘फानी’का कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

भारतको पूर्वी तटवर्ती राज्य उडिसामा प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र बर्षामा परी अरु १६० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी शनिबार बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकाहरुलाई राहतको घोषणा गरेका छन् ।