प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न सिफारिस भएको छ । प्रदेश सभामा प्रदेशको नाम र स्थायी राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले त्यस्तो सिफारिश सहितको प्रतिवेदन मूल समितिलाई बुझाएको हो ।
शनिबार बसेकोे बैठकले प्रदेशका १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन आइतबार बिहान बस्ने मुल समितिको बैठकले अन्तिम रुप दिनेछ ।
बिशेष समितिका सदस्य बिष्णु पन्थीका अनुसार उपसमितिका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्रकुमार पुन मगरलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त प्रतिवेदनमा प्रदेशको नामका लागि यौटा मात्र नाम लुम्बिनी सिफारिस गरिएको छ ।
सुझाव संकलनका क्रममा आएका सुझाव अनुसार बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहट लगायतका नामहरू पनि सूचीमा राखिएका थिए । तर बैठकमा लुम्बिनीबारे सहमति भयो । यो खबर आजको गोरखापत्र दैनिकले छपेको छ ।










प्रतिक्रिया दिनुहोस्