राजनीति

विप्लव समूहले हतियार बुझाएर हिंसा नत्यागे अस्थित्व नै समाप्त हुन्छ : प्रम ओली



काठमाडौँ, २२ बैशाख । प्रधानान्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहले हतियार बुझाएर हिंसा नत्यागे उसको अस्थित्व नै समाप्त हुने चेतावनी दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उक्त समूहले शान्ति प्रक्रियामा नआए को अस्तित्व नै समाप्त हुने बताउनुभयो । सरकाले पृथकतवादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा आएको भन्दै उहाँले भन्नुभयो, ‘पृथकतावाद अन्त्य गर्‍यौं र विप्लव समूहको नाममा मच्च्याइएको त्रासलाई पनि नियन्त्रण गर्छौँ । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउनु र सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।’

प्रधानमन्त्री ओलीले विप्लव समूहको क्रियाकलाप गैरकानुनी र असंवैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको बताउँदै भन्नुभयो, ‘कतिपयले विप्लव समूहमाथिको प्रतिबन्धलाई उचित भएन भनेर विरोध गरे । उनीहरुका क्रियाकलाव अबैध, हानिकार, असंवैधानिक गैरकानुनी भएकाले जायज हुन सक्दैन त्यसकारण त्यस्ता आतंककारी गतिविधि प्रतिबन्ध लगाईएको हो । त्यसलाई नबुझेर प्रतिबन्ध लगाउनु हुदैन भनियो । अनि के बम पड्काउ भन्ने ? मान्छे मार्न इजाजत छ भन्ने ? मान्छेलाई तर्साएर पैसा जतिपनि असुल्न इजाजत छ भन्ने ?’

नीति तथा कार्यक्रममा राष्ट्रपतिले प्रयोग गरेको मेरो सरकारका बारेमा पनि उहाँले मेरो सरकार अन्तराष्ट्रिय अभ्यास भएकाले यसबारेमा बहस गर्नु आवश्यक नभएको तर्क गर्नुभयो । राष्ट्रपतिका लागि सरकार जसको बनेपनि मेरो सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो मा त २१ पटक भन्नु भएछ । भारतमा वर्तमान राष्ट्रपति रामनाथ कोविन्दले त कम्तिमा ६३ पटक मेरो सरकार (माई गभमेन्ट) भन्नु भएको छ ।’

भारतमा कांग्रेसको पालामा राष्ट्रपति प्रणव मुखर्जीले भाजपा सरकारको पालामा समेत मेरो सरकार भनेको उहाले सुनाउनु भयो । त्यो सम्बोधन यूट्युबमा पाइने भन्दै उनले सांसदहरुलाई भन्नु भयो, ‘लाइभ सुनाइदिऊँ ?’