राजनीति

सरकारले ल्याएको नीति तथा कार्यक्रममा धेरै अपरिस्कृत निबन्ध : डा. महत



काठमाडौँ, २२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई अपरिस्कृत निबन्ध जस्तै भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम भनेको त आगामी एक वर्षको लागि हो, तर सरकारले धेरै महत्वाकांक्षी योजना तथा कार्यक्रमहरु ल्याएको छ । जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ । यो सरकार कामभन्दा प्रचारमुखी छ । यसले ल्याएको नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन् ।’

त्यस्तै ‘नेपाल सरकार’ भन्नुपर्ने ठाउँमा पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुमा राष्ट्रपतिको दोष नभएर सरकारको दोष भएको पनि उहाँको भनाइ थियो ।