समाचार

एनसीएसएस सेवा सम्मानबाट क्रिकेटर कबिता पुरस्कृत



काठमाडौँ, २२ बैशाख । नेपाली क्रिकेट समर्थक समाजका स्वर्गीय प्रमोद बज्राचार्य एनसीएसएस सेवा सम्मानबाट क्रिकेटर कबिता कुँवरलाई पुरस्कृत गरिएको छ ।

शनिबार काठमाडौँमा एनसीएसएसले पत्रकार सम्मेलन गर्दै कुँवरलाई इमर्जिङ क्रिकेटरको रुपमा पुरस्कृत गरेको हो । उनलाई पुरस्कृत स्वरुप सम्मानसहित नगद पच्चिस हजार रुपैयाँ प्रदान गरिएको छ ।

यसै बर्ष थाईल्याण्डमा भएको टी ट्वान्टी स्म्यास, आईसीसी विश्वकप छनोट र आठौँ राष्ट्रिय खेलकुदमा खेलाडीले गरेको मुल्यांकनका आधारमा पुरस्कारको घोषणा गरेको हो ।