समाचार

हावाहुरी र पानी पर्न सक्ने



काठमाडौँ, २२ बैशाख । आइतबार देशका केही पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।

तर मनसुन पूर्वको समय भएकाले बेलुका तिर भने सामान्य हावाहुरी र पानी पर्न सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
केही दिन अलि कम भएको देशको तापक्रम आजदेखि फेरि विस्तारै बढ्न सुरु हुने बताइएको छ ।