काठमाडौँ, २२ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘नानो स्याटलाइट’ आफ्नु परियोजना रहेको बताएका छन ।
आइतबार प्रतिनिधिसभाको छलफलमा भाग लिदै सभापति देउवाले आफ्ना पालामा सुरु भएका नेपाली युवा वैज्ञानिकहरुको प्रतिभालाई प्रोत्साहन गर्न नानो स्याटलाइट परियोजना सुरु गरेको भन्दै उनले भने, ‘यो सरकारले आफैंले नेपाललाई अन्तरिक्ष युगमा पुर्याएको बकम्फुसे दाबी गरेको छ ।’
५ वैशाखमा नेपालको आफ्नै नानो स्याटलाइट (सानो भू-उपग्रह) अमेरिकाबाट प्रक्षेपण गरिएको थियो । कांग्रेस सभापति देउवाले आफ्नो पालामा ल्याएको सामाजिक सुरक्षा ऐनलाई पनि आफैंले ल्याए जसरी प्रचार गरेको तर, कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाएका छन ।










प्रतिक्रिया दिनुहोस्