Banner News

दुई दिनभित्र जनसंगठनको एकीकरण र जिम्मेवारी बाँडफाँड हुन्छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, २२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दुई दिनभित्र जनसंगठनहरुको एकीकरण र नेताहरुको जिम्मेवारी बाँडफाँडको काम पनि २ दिन भित्र सम्पन्न गर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौँ आयोजित ‘कार्ल मार्क्स २ सय १ जन्म स्मृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पार्टी एकिकरणको बाँकी काम गर्नका लागि सोमबार पार्टी केन्द्रीय सचिवालय बैठक बोलाइएको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो । पार्टी एकीकरणको बाँकी काम पूरा हुनेबित्तिकै झण्डै ८ महिना पार्टीका जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने योजना रहेको समेत जानकारी गराउनुभयो ।

अध्यक्ष दाहालले पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’मा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । अध्यक्ष दाहालले पार्टी समाजवादी कित्तामा उभिएकाले त्यसैलाई वैचारिक आधार मानेर पार्टी निर्माणको बहसलाई व्यापक बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।