काठमाडौँ, २२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले यो सरकार विपी नभई केपीको भएको बताउँदै सरकारको लोकप्रीय कार्यक्रमदेखी प्रतिपक्षीदल आत्तीनु नपर्ने बताउनुभएको छ ।
आज संघिय संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफल कार्यक्रममा बोल्दै सांसद बस्नेतले विपी कोइरालाले पनि चाइनामा गएर मेरो सरकार भनेको तर संजोगबस नेपाल फर्किएपछि राजाले ‘कु’ गरको कांग्रेस डराएको बताउनुभयो । उहाँले लोकतन्त्रलाई संस्थागत गर्ने जिम्मा वर्तमान नेकपा नेतृत्वको सरकारको रहेको बताउँदै देश र जनताको पक्षमा रही राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवस्थित, प्रभावकारी तथा दिर्घकालिन लक्ष्य सहित आएको बताउनुभयो ।
सांंसद बस्नेतले नीति तथा कार्यक्रम परम्परा नभई प्रतिपक्षिदलको टिप्पणी चाँही परम्परागत भएको बताउँदै राष्ट्रपति संविधानको संरक्षक, मुलुकको जनप्रतिनिधिको निकायको प्रमुख अंग, मुलुकको अभिभावक भएकाले मेरो सरकार भन्ने शब्द स्वभाविक भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय अनुभव तथा अभ्यासले पनि राष्ट्रपतिले मेरो सरकार भन्ने स्पष्ट चलन रहेको बताउँदै धेरै परिवार भएको परिवारमा मेरो आमा भन्नु र हाम्रो आमा भन्नुमा खासै तात्वीक भिन्नता नभएको समेत बताउनुभयो ।
पूर्वउद्यागेमन्त्री समेत रहनुभएका सांसद बस्नेतले जनतालाई भ्रम फैलाउने घृणित कुचेस्ठा नगर्न प्रतिपक्षीदललाई अनुरोध गर्दै उहाँले भन्नुभयो, ‘ प्रधानमन्त्री केपी शर्मा ओलीले ८ सय किमी सडक कालोपत्रे संघिय सरकारको तर्फबाट भएको भन्नुभएको हो । राष्ट्रपतिले नीति तथा कार्यक्रममा १६ सय भन्नुभयो । सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गरेको संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले गरी जम्मा १६ सय भएको हो । जसमा भौतिक मन्त्रीले दिनुभएको जानकारी अनुसार त अझै बढी भएको छ, व्यवस्थित तथ्याङ्क आइसकेको छैन । त्यसैले सरकारले गरेको विकासबाट आत्तीनु पर्दैन ।’
हुम्ला र डोल्पामा सडक निर्माण गर्ने कुरा यही सरकारको कार्यक्रम मार्फत ल्याएको बताउँदै उहाँले हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, मदनभण्डारी राजमार्ग भनि मध्य प्रदेशको औद्योगीक करिडोरको सडक चार वर्षभित्र बनाउने सरकारको नीति तथा कार्यक्रममा आएकाले यो सरकारको नीति तथा कार्यक्रमले यातायातको क्षेत्रमा आमुल परिवर्तनकारी योजना ल्याएको बताउनुभयो ।
काठमाडौँबाट सक्सौल र रसुवागडी रेलमार्गको विस्तृत अध्ययन गरी शुरुवात गर्ने कुरा समावेश गरेको बताउँदै सांसद बस्नेतले जनकपुर–जयनगर–विराटनगरमा यसै वर्ष रेल ल्याउने कुरा समेत स्पष्ट रुपमा उल्लेख गरेको बताउनुभयो ।
विदेश जाने नेपालीको संख्या बढेको, रेमिट्यान्स घटेको तथा रोजगारीको सम्भावना नभएको भन्ने प्रतिपक्षीको आरोप आनावश्यक हल्ला रहेको बताउँदै सांसद बस्नेतले विदेश जानको संख्या घटेको हो तर रेमिट्यान्स भने बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अघिल्लो वर्षको तुलनामा तथ्याङ्क हेर्ने हो भने विदेश जानेको संख्या ३८.३ प्रतिशतले घटेको छ तर २३.४ प्रतिशतका दरले रेमिट्यान्स बढेको छ । अघिल्लो आठ महिनाको तथ्याङ्क हेर्ने हो भने पाँच खर्व आठ अर्वको १९ करोड रेमट्यिान्स बढेको हो । यसबाट के देखिन्छ भने सरकारले बनाएको मापदण्डका आधारमा गुणस्तरिय युवाहरु विदेश जाने क्रम बढेकोले थोरै संख्यामा युवा विदेश गएर धेरै मात्रामा रेमिट्यान्स भित्र्याउन सफल हुन थालेको छ ।’
वर्तमान सरकारले हिजो भद्रगोल, डामाडोल भएको अर्थतन्त्र ठिक ठाउँमा आएको बताउँदै उहाँले हिजो वेईमानहरु भन्सार कार्यालयमा जान होडवाजी गर्थे भने अहिले इमान्दारहरु मात्र जान थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतका सरकारले अवैध च्यानलबाट पैसा पठाउने तथा हुण्डीबाट पठाउने गरेको तर वर्तमान सरकारले त्यस्तो कारोवार बन्द गरी सरकारले लाभ लिएको र आम्दानीलाई व्यवस्थित गरेको छ । व्यापार घाटा घेटेको हो । अहिले २७ प्रतिशतले व्यापार घाटा घटेकाका कारण भण्डै एक खर्व १८ अर्व नोक्सान भएको यसको कारण भन्सारमा हुने अवैध गतिविधिलाई सरकारले कडाई, अवैध च्यानलबाट लुकिछिपी सामान भित्र्याउन बन्द गर्नु, कमिसन र घुसखोरीको वातावरण बन्द हुनु नै हो । वर्तमान सरकारले विकास निर्माणको गतिले तिव्रता लिएको जसका कारण आयत बढेको र व्यापर घटेको जस्तो देखिने गरेको तर यसले राजस्वलाई १६ प्रतिशतले वृद्धि गरेको छ । २ खर्व ९९ अर्व राजश्व बढेको जसमा एक खर्व १८ करोड व्यापार घाटा रहेको तर झण्डै तीन खर्व राजश्व बढेको जसका कारण मुलुकलाई धेरै फाइदा पुगेको छ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यो आबमा पाँच लाख रोजगारी सिर्जना गर्ने, जनताको पानी जनताको लगानी कार्यक्रमबाट यो वर्ष एक हजार मेगावट विजुली थप्ने र ३५ सय अर्को थप विजुली उत्पादन गर्ने, भिजिट २०२० मार्फत वीस लाख पर्यटक भित्र्याउने लगायतका धेरै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउने कार्यक्रमहरु ल्याएको र त्यसलाई सार्थकतामा पुर्याउन सवै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।
हिजो अनेकौं नाममा भएको अनियमितता र भ्रष्टाचारीलाई कारवाही गर्दै कृषिको आधुनीकिकरण, यान्त्रीकरण र वैज्ञानीकिकरण गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा समेटिएको बताउँदै सांसद बस्नेतले कृषिमा औद्योगीकिकरण, एक जिल्ला÷एक निर्वाचन क्षेत्रमा एउटा औद्योगीक ग्राम, एक प्रदेश एक ठूलो औद्योगीक क्षेत्र लगायतका कार्यक्रमले रोजगारीका असंख्य कार्यक्रमहरु सिर्जना गर्ने स्पष्ट रहेको बताउनुभयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कांग्रेसले ल्याएको भन्ने भ्रम नछर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘२०६६÷०६७ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा, सुरेन्द्र पाण्डे अर्थमन्त्री भएको समयमा पारिश्रमिकबाट १ प्रतिशत घटाएर सामाजिक सुरक्षा कोषको स्थापना गरेको हो । ०७४ सालमा ऐन आएको बताउँदै कार्यविधी र ऐन भने वर्तमान सरकारले कार्यान्वयनमा ल्याएको तर संजोगवस कांग्रेसको पालामा शेरबहादुर देउवाको पालमा ऐन आएको हो । त्यही कारणले कांग्रेसले जस लिन्छ भने लिए हुन्छ तर झुटको खेती नगर्नलाई म कांग्रेसलाई आग्रह गर्न चाहन्छु ।’
भेरी डाइभर्सन मनमोहनको सरकारको पालामा बामदेवको कन्सेप्टमा शुरु भएकोमा रघुविरले उद्घाटन गरेको पछि फेरी सुशिल कोइरालाले उद्घाटन गरि अर्को नाटकीय कार्य गरेको बताउँदै उहाँले व्यक्तिको नाममा गएको सार्वजनिक जग्गा एक वर्षभित्रमा फिर्ता ल्याउने बताउनुभयो । विपी कोइरालाको पालमा भुमिसुधारमन्त्री जगन्नाथ हुँदा हनुमन्ते र मनोहराको मात्रे १ सय १८ रोपनी सरकारको जग्गा व्यक्तिको नाममा दर्ता भएको र त्यसको सवै छानविन हुनुपर्ने समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्