एभियन इन्फ्लूएञ्जा वा एभियन फ्लूलाई बर्ड फ्लू भनिन्छ । बर्ड फ्लूमा एच फाइभ एन वान नामक भाइरस हुने गर्दछ ।यो भाइरसको पूरा नाम ‘हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा’ राखिएको छ । बर्ड फ्लूको भाइरस विशेष गरी कुखुराको मासु, प्वाँख, सिंगान, र्याल, सूली, अण्डा, अण्डा राख्ने क्रेट आदिको सम्पर्कबाट सर्दछ ।
बर्ड फ्लुबाट कसरी बच्न सकिन्छ ?
१. नियमित रुपमा साबुन पानीले हात राम्रोसँग धुने बानी गर्ने ।
२. बिरामी तथा मरेका कुखुरा तथा चराचुरुङ्गीबाट टाढा रहने ।
३. कुखुराको काँचो मासु काँटदा वा पकाउदा हातमा पञ्जा मुखमा मास्क तथा एप्रोन लगाएर मात्र काम गर्ने ।
४. कुखुराको मासु राम्ररी पकाएर खाने कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्छ ।
५. घरपालुवा पक्षी मरेको वा बिरामी भएको देखिएमा पशुस्वास्थ्य कार्यालयमा तुरुन्त जानकारी गराउने ।
६. इन्फ्लुएन्जाको कुनै पनि शंका लागेमा स्वास्थ्य संस्थमा सम्पर्क गर्ने र चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने ।
७. पोल्टी फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिने ।
८. चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्ने ।
९. व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार नगर्ने ।
सङ्क्रमित मान्छेमा कस्ता लक्षण देखिन्छ ?
१. सङ्क्रमण भएपछि खोकी लाग्छ ।
२. ज्वरो आउँछटाउको दुख्छ ।
३. चिसो लाग्छ ।
४. हाछ्युँ आउँछ ।
५. मांसपेशीमा पीडा हुन्छ ।
६. नाकबाट पानी बग्छ वा नाक थुनिन्छ ।
७. मन आत्तिनु ।
८. झाडापखाला लाग्नु ।
९. भोक नलाग्ने र बढ्ता तिर्खा लाग्ने ।
१०. श्वासप्रश्वासमा असामान्य परिवर्तन हुने ।
प्रतिक्रिया दिनुहोस्