समाचार

मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु



धनुषा, २५ बैशाख । धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति १० बजे नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय २५ वर्षीय श्याम सुन्दर ठाकुरलाई ठक्कर दिँदा घाइते भएका उनको जनकपुर अञ्चल अस्प्तालबाट थप उपचारको लागि विराटनगर लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनापछि फरार रहेका मोटरसाइकल र चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।