राजनीति

कांग्रेसको राष्ट्रिय जागरण अभियान आजदेखि



काठमाडौँ, २५ बैशाख । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज बुधबारदेखि देशभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दैछ ।

‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार काठमाडौँमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्ने साथै अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरूले उद्घाटन गर्ने जनाएका छन ।

एक महिने जागरण अभियान वैशाख २५ गते शुरु भई जेठ २५ गते सकिने छ । कांग्रेसले तीन चरणमा देशव्यापी जागरण अभियान सञ्चालन गर्दैछ । प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ कार्यक्रम तालिका छ ।

सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियानका क्रममा सरकारविरुद्ध खबरदारी गर्ने कांग्रेसको रणनीति रहेको छ ।