राजनीति

धनकुटालाई राजधानी बनाउन माग गर्दै आन्दोलन जारी



धनकुटा, २५ वैशाख । प्रदेश १ को राजधानी धनकुटालाई बनाउन माग गर्दै आन्दोलन जारी राखेका छन् ।

बुधबार दिउँसो ३ बजेदेखि एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ । मंगलबार पनि धनकुटाको जिरो प्वाइन्टमा मध्याह्न १२ बजेदेखि १ बजेसम्म एक घण्टा चक्काजाम र राति ७ बजेदेखि साढे ७ बजेसम्म ब्ल्याक आउट गरिएको थियो ।

प्रदेश सभाले प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई नै कायम गर्ने निर्णय गरेको छ । तर धनकुटाका बासिन्दाले भने धनकुटालाई नै स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै आएका छन् ।

धनकुटालाई प्रादेशिक राजधानी नबनाए जिल्लाको पहिचान, इतिहास र अस्तित्व मेटिने उनीहरुको बताएका छन ।