अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन् । ७२ वर्ष पुराना फैसलासमेत कार्यान्वयनमा आएका छैनन् ।
मुद्दा फैसला गरेपछि दोषीलाई सजाय दिलाउने बाँकी प्रक्रियामा न्यायपालिका स्वयं र कार्यपालिकासमेत उदासिन हुँदा फौजदारी अभियोगका दोषीले उन्मुक्ति पाउँदै आएका छन् । अदालतले २००४ सालमा कैद सजाय सुनाका दोषीसमेत अझै पक्राउ पर्न सकेका छैनन् । अदालतको फरार सूचीमा पूर्वआइजिपी रमेशचन्द्र ठकुरीदेखि बैँकर मधुसूदन सिलवाल, पवनजंग कार्कीसम्म छन् ।
देशभरका कारागारको क्षमता १५ हजार ४४६ मात्रै छ । अहिले नै कारागारमा २१ हजार ८३५ कैदी छन्।थप एक लाख ३२ हजार अपराधी पक्राउ परे कहाँ राख्ने सरकारलाई समेत थाहा छैन। याे समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्