सम्पादकीय

भारतले दुई वटा रेल दिने सम्झौतामा हस्ताक्षर



नेपाललाई भारत सरकारले दुई वटा रेल दिने भएकाे छ । शुक्रबार नेपाल रेलवे र भारतीय कोङ्कोण कम्पनीबीच भएकाे सम्झाैताअनुसार नेपाललाई रेल दिने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मन्जिभ सिंह पूरीको उपस्थितिमा सम्झाैता पत्रमा हस्ताक्षर भएको हो । जनकपुर जयनगर रेलमार्गमा प्रयोग हुने रेल भारतले यसअघि नै दिने सहमति भएकाे थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।