राजनीति

तेज र वेग सहित युवाको देश नेपाल : २९औं युवा स्थापना दिवश भव्य रुपमा मनाइदै



काठमाडौँ, २८ बैशाख । नेपाल सरकारका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली संस्थापक अध्यक्ष रहेको युवा संघ नेपालको २९ औं स्थापना दिवशको अन्तिम तयारी भइसकेको बताइएको छ ।

काठमाडौँको बुद्धनगरमा संघको संस्कृति तथा समावेशी विभागले आयोजना गरेको जेठ १ गतेको कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित बनाउन तयारी स्वरुप गरिएको कार्यकर्ता भेलामा बक्ताहरुले तेज र वेग सहितको युवाहरुको देशको रुपमा नेपाल भएको उद्घोष गरिएको छ ।

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीले देशको विकास र समृद्धिमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै अतिवादको प्रतिवाद गर्दै सामाजिक रुपान्तरणमा युवाहरु होमिनुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई रक्षा गर्ने जिम्मा युवाहरुको काँधमा रहेकाले आफ्नो क्षमता, योग्यता, दक्षता अभिवृद्धि गर्दै देश विकासमा युवाहरुले त्याग र उदाहरणीय कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले युवाहरु पेशा र उत्पादनसँगै राजनीति होमिनु पर्ने बताउँदै युवाहरु आम नेपाली जनताको माझ अकवरी सुन झै स्थापीत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संघको स्थापना दिवश मनाउने यो नै वर्ष भएको भन्दै जेष्ठ १ गतेलाई अर्जुनदृष्टि बनाई लाग्न सम्पूर्ण युवाहरुलाई आग्रह गर्नुभयो ।

उहाँले वर्तमान सरकारले ल्याएको उत्कृष्ट नीति तथा कार्यक्रमबाट केही राजनीतिक दलको अस्थित्व नै खतारामा पर्ने भएकाले उनीहरुको टाउको दुःखाईको विषय भएको बताउनुभयो । उहाँले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेको विषयलाई विपक्षी दलहरुले तिललाई पहाड बनाउने घृणित प्रयास गरेको बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष रमेश पौडेलले देशमा तालु खुईलिएकाले सामाजिक रुपान्तरण गर्न सम्भाव नरहेको बताउँदै देशको विकास र समृद्धिको लडाई युवाहरुको आगामी यात्रा भएको बताउनुभयो । उहाँले देशको विकास र समृद्धिका घातकहरु एक पछि अर्को गर्दै छटपटिन थालेको बताउनुभयो । विकास विरोधीहरुले सरकारलाई विभिन्न प्रकारका लाल्छना लगाउने गरेको बताउँदै झुटको खेती अब धेरै दिन टिक्न नसक्ने बताउनुभयो ।

मुलुक अब गरिव भएर बस्न नसक्ने बताउँदै अध्यक्ष पौडेलले विश्वमा नेपाल अबका दिनमा गरिव मुलुकको अध्यक्ष भएर बस्न नसक्ने बताउनुभयो । उहाँले रुढिवादी सोच र विचार बोकी केही व्यक्तिहरु रहेको पार्टीले धर्मको नाममा राजनीति गरिरहेको बताउनुभयो । उहाँले कसैको अशिर्वाद तथा मन्दिरमा पुजा गरेका भरले देशको रुपान्तरण गर्ने सपना नदेख्न समेत चेतावनी दिनुभएको छ । त्यस्तै देशले विखण्डनवादी सोच, हिंसा, आतंक, लुट जस्ता कुराहरु आम नेपाली युवाहरुको लागि सैह्य हुन नसक्ने बताउँदै त्यस्त जो कोहीलाई कानुनी दायरामा ल्याउन युवा संघ सरकारलाई जस्तो सुकै सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।

संघका केन्द्रीय सदस्य तथा विभागका संयोजक राजन थापाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष किरण पोडेल, महासचिव नरेश शाही, सचिव बचन बहादुर सिह, क्षितिज थेवे, कोषध्यक्ष अमित लामा तथा अनेरास्ववियुको उपत्यका इन्चार्ज नारायण धर्ती लगायतले स्थापना दिवशलाई भव्य र सब्य बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।