राजनीति

वर्गीय विभेदको अन्त्य गर्दै समानतासहित सामाजिक रुपान्तरणमा युवा संघको जोड



काठमाडौँ, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालले वर्गीय विभेदको अन्त्य गर्दै समानता सहित सामाजिक रुपान्तरणमा युवा संघले ऐतिहासिक सफलता हासिल गरेको बताइएको छ ।

आज संघको केन्द्रीय कार्यालय बुद्धनगरमा महिला विभागले आयोजना गरेको जेष्ठ १ गते युवा विद्यार्थीको २९अाै स्थापना दिवशको अवसरमा आयोजित वृहत तयारी कार्यक्रममा महिला, दलित, जनजाती, पिछडिएको वर्ग लगायतको हक हितको संरक्षण गर्ने एक मात्र पार्टी नेकपा भएको बताइएको छ ।

नेपालको इतिहासदेखि हालसम्म महिलाको मुक्तिको आन्दोलनमा नेकपाका महिला नेतृत्वले खेलेको भूमिकाकै कारण हाल नेपालमा महिला, दलित, जनजाती, पिछडीएको वर्ग लगायतको संविधानत हक र अधिकार संस्थागत गरिएको बताइएको छ । नेकपाको माग र अधिकार स्थापीत गराउन राष्ट्रपति विद्यादेवी भण्डारीदेखी लिएर नेकपा महिला नेता तथा सम्पूर्ण नेतृत्वले खेलेको भूमिकाकै कारण जुनसुकै तह र तप्कामा ३३ प्रतिशत अधिकार स्थापीत गराउन सफल भएको बताइयो । त्यस्तै आगामी दिनमा ३३ प्रतिशतमात्र नभई आधा आकाश ढाक्न सफल भएका महिलाले पुरुष र महिलाबीच समान हक र अधिकार स्थापीत गर्नुपर्नेमा जोड दिइएको छ ।

देशको सर्वोच्च निकाय राष्ट्रपति महिलले नै नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्नमा नेकपाले मात्र गर्न सफल भएको बताउँदै राज्यका तीनै तहको निर्णायक तहमा पुग्न सफल भएको दावि गरिएको छ । त्यस्तै आगामी दिनमा महिलाले आरक्षण तथा समानुपातिक प्रणालीमा मात्र निर्णायक तहमा पुग्ने नभई आफ्नो क्षमता तथा दक्षताको अभिवृद्धि गर्दै खुल्ल प्रतिपर्धाको माध्यमबाट राज्यको तीनै तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष रमेश पौडलले अधिकार खोज्ने भन्दा पनि आफ्नो क्षमता विकास गर्दै खुल्ला प्रतिपर्धाको माध्यमबाट राज्यको नेतृत्व महिलाले गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाले नेतृत्व गरेको कुनै पनि निकायमा भ्रष्टाचार, अनियमितता, वेथिती लगायतका कार्यहरु नभएको बताउँदै महिलाको नेतृत्वमा नै आर्थिक पासदर्शिता, सुशासन तथा समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल हुने बताउनुभयो ।

उहाँले आगामी सरकारको लक्ष्य भनेको नै समृद्ध नेपाल सुखी नेपाली बनाउँदै देशलाई समाजवादमा पुर्याउने रहेको बताउनुभयो । सरकार तथा नेकपाको लक्ष्यमा समाजवादमा पुग्न देशमा आर्थिक तथा सामाजिक रुपमान्तरण अपरिहार्य रहेको बताउँदै हत्या, हिंसा, भ्रष्टाचार, अनियमितता लगायतका कार्यहरुलाई निमूल गर्नुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई रक्षा गर्दै देशमा समतामूलक समाजको निर्माण गर्न युवा महिलाको भूमिका मुख्य हुने बताउनुभयो । उहाँले राष्ट्र निर्माण, आर्थिक वृद्धि, सुशासन स्थापीत गर्दै समाजवादमा पुग्न युवा संघले सरकारलाई जस्तोसुकै सकरात्मक सहयोग गर्न तयार रहेको उद्घोष गर्नुभयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष किरण पौडेल, उपाध्यक्ष पर्शुराम बस्नेत, सचिव बचन बहादुर सिंह, क्षितिज थेवे, अञ्जना अधिकारी, उर्मिला सुनुवार लगायले मुलुकको राजनीतिक आन्दोलनमा नेकपाका महिलाले खेलेको भुमिका अतुलनिय रहेको बताउनुभयो । उहाँहरुले महिलाहरु घरमामात्र सिमित हुने नभई क्षमता अभिवृद्धि गर्दै राष्ट्र, राष्ट्रियताको पक्षमा नेतृत्वदायी भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।