काठमाडौँ, २९ बैशाख । संघियतासँगै आफ्नो ठाउँको आवश्यकतालाई मध्यनजर गर्दै गादावरी नगरपालिकाले सोमवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोमबार ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका वांमय शताब्दीले पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन बिदा दिने निर्णय गरिएको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त अवसरमा ललितपुर महानगरपालिका मातहतका सबै कार्यालय लगायत संघसंस्थालाई बिदा दिने जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई कला, साहित्य र संस्कृतिमार्फत चिनाउन महत्त्वपूर्ण गरेका जोशीको महानगरले बैशाख ३० गतेबाट विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाउने तयारी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्