Banner News

श्रम शोषण गर्ने अस्पतालहरुको विवरण सरकारलाई बुझाउन मन्त्री विष्टको आह्वान



काठमाडौँ, ३० बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुको श्रम शोषण गर्ने अस्पतालहरुको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरुलाई आह्वान गरेका छन ।

आइतबार काठमाडौँमा अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले श्रम शोषण गर्ने अस्पतालहरुको विवरण बुझाउन आह्वान गर्दै त्यस्ता अस्पतालहरुमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

मन्त्री विष्टले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई श्रम ऐन अन्तरगत कार्वाही गर्ने बताउदै श्रम ऐनले तोके बमोजिम पारिश्रमिक तथा सेवा, सुविधा नदिने सरकारी तथा गैरसरकारी सबै संस्थाहरुलाई कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेका छन ।