समाचार

रोकिराखेको ट्याक्टरमा ठोक्किएर स्कुटर चालकको मृत्यु



सप्तरी, ३० बैशाख । रोकिराखेको ट्याक्टरमा स्कुटी ठोक्किएर सुरुङगा नगरपालिका-१ हस्पिटल चोकस्थित कदमाहा–गाईघाट सडकखण्डमा एक युवकको मृत्यु भएको छ ।

आइतबार सडक किनारमा रोकिराखेको स १ त ५००२ नम्बरको ट्याक्टरमा उदयपुरको गाईघाटबाट कदमाहातर्फ आइरहेको चौधरी सवार स १० प ५८८७ नम्बरको स्कुटी ठोक्किदाँ उदयपुरको त्रियुगा नगरपलिका ३ का ३२ वर्षीया प्रविण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

दुर्घटनामा परेर घाइते भएका चौधरीको सिरहाको लहानस्थित सप्तऋषी अस्पताल उचारका क्रममा मृत्यु भएको हो ।