काठमाडौँ, ३० बैशाख । स्मार्ट चालक अनुमतिपत्र आगामी दुई महिनापछि देखी दुई हप्तामा नै पाउने भएको छ ।
फारम भरेर पनि नपाउनेको सङ्ख्या दिनदिनै बढिरहदा सरकारले दुई महीनाभित्रमा ‘मास प्रिन्टर’ खरीदका लागि ठेक्का आह्वान भइसकेकाले दुई महीनाभित्रमा आइसक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भन्नुभयो, ‘अबको केही महीनापछि नै सेवाग्राहीले फारम भरेको एकदुई हप्तामा नै चालक अनुमतिपत्र पाउनेछन् ।’ कार्यालयमा अहिले झण्डै छ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका क्रममा रहेका महानिर्देशक दाहालले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्