वीरगञ्ज, ३० बैशाख । वीरगञ्जस्थित एभिन्युज टेलिभिजनको ब्यूरो कार्यालय तोडफोड भएको छ ।
सोमबार दिउँसो करिब ४ जनाको समुहले कार्यालय भित्र प्रवेश गरी तोडफाड गरेको प्रहरीले जनाएको छ ।
टेलिभिजनको सकस राजनीति कार्यक्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अतिथिको रुपमा बोलाएर अपमान गरेको भन्दै पार्टीका केही कार्यकर्ताले तोडफोड गरेका हुन् ।
तोडफोडबाट कार्यालयको बोर्ड तथा सिसा फुटेको छ । हिले कार्यलयमा सुरक्षा व्यवस्था समेत गरिएको जानकारी गराइएको छ ।










प्रतिक्रिया दिनुहोस्