एजेन्सी, ३० बैशाख । अफगानी टेलिभिजन प्रस्तोता मिना मंगलको गोली हानि हत्या गरिएको छ ।
शनिबार दिउँसो अफगानीस्तानको राजधानी काबूलमा प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी उनको गोली हानि हत्या गरिएको हो ।अफगानिस्तानको संसदको सांस्कृतिक मामला आयोगमा सल्लाहकार समेत रहेको उनी शनिबार गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा काममा जाँदै गर्दा उनलाई गोली हानिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
मिनाको हत्या भएपछि अफगानी राजनीतिज्ञ र महिला अधिकारकर्मीले उनको हत्याको सत्यतथ्यबारे छानबीन माग गर्दै आन्दोलन गरिरेहका छन् ।
पुलिसले यसबारे अनुसन्धान गरिरहेको जनाइएको छ । मिनाले ११ दिन अघिमात्रै आफ्नो फेसबुक पेजमा ज्यान मार्ने धम्की पाएको महिला अधिकारकर्मी वाहज्मा फ्रोगले ट्वीटरमा जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्