समाचार

मेघगर्जन र हावाहुरीसहित पानी पर्ने



काठमाडौँ, ३१ बैशाख । आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो पहाडी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

पश्चिमी वायुको प्रभाव र स्थानीयवायुको प्रभावका कारण मौसम आशिंकदेखि सामान्यसम्म बदली भई बेलुकीपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही स्थानमा दिउँसोतिर हावाहुरी चल्न सक्नेछ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदको भनाई छ ।